गुणराजको कहाँ हल्ला धेरै भो

काठमाडौं । गायक गुणराज श्रेष्ठको नयाँ गीत ‘हल्ला धेरै भो’ को भिडियो सार्वजनिक भएको छ । गीतकार बि पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।

डान्सिङ भर्सनको भिडियोमा कविता नेपाली, भिजु पार्की र अन्जु निरौला फिचर्ड छन् । भिडियोमा अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन र प्रमोद के भण्डारीको निर्देशन छ ।