के गर्छन् सुशान्तका चार दिदीहरु ?

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या हो या हत्या भन्ने विषयमा सीबीआईले अहिले जाँच गरिरहेको छ । सुशान्त बिहारका हुन् र पटनाबाट दिल्ली र फेरी मुम्बईको यात्रा उनले आफ्नो संघर्षबाट पुरा गरे । पटनामा जन्मिएका सुशान्त चार दिदीका एक्ला भाइ हुन् । सुशान्तको मृत्यु पछि उनकी कथित रिया चक्रवर्तीले उनका दिदीहरुमाथि निशाना साँधिरहेकी छन् । उनका दिदीबहिनी को हुन् र के गर्छन् भन्ने चासो सबैमा छ ।

नीतू सिंह अर्थात् रानी सुशान्तको जेठी दिदी हुन् । सुशान्त ठूलो दिदीलाई आमा समान मान्दथे । किनकी सुशान्तको आमाको निधन धेरै अगाडि भएको थियो । यस्तो अवस्थामा नीतूले नै आमाको रुपमा सुशान्तको पालन पोषण गरिन् । नीतूको विवाह ओपी सिंहसँग भएको हो । जो हरियाणाका अतिरिक्त पुलिस महानिर्देशक र सीएमका विशेष अधिकारी हुन् ।

मीतू सिहंले क्रिकेट पनि खेलेकी छन् । उनी राज्य तहकी क्रिकेटर हुन् । मीतू मुम्बईमा बस्छिन् । जुन दिन सुशान्तको निधन भएको थियो, त्यो दिन उनी सुशान्तको घर पुगेकी थिइन् । सुशान्त मीतूलाई रुबी दिदीको नामले बोलाउथे । सुशान्तको उनका सबै दिदीबहिनीसँग राम्रो सम्बन्ध थियो ।

अर्की दिदी प्रियंका सिंह विवाहित हुन् । उनी दिल्लीमा आफ्नो पति सिद्धार्थ तंवरका साथ बस्छिन् । दुवै पेशाले वकिल हुन् । सिद्धार्थ दिल्ली हाई कोर्टमा सन् २००७ देखि वकालत गरिरहेका छन् । प्रियंका सुशान्तसँग मुम्बईमा पनि बसेकी छन् । प्रियंका माथि रिया चक्रवर्तीले छेडछाडको आरोप लगाएकी थिइन् ।

सुशान्तलाई न्याय दिलाउने काममा श्वेता सिंह सक्रिय छिन् । उनी आफ्ना पति विशाल कीर्तिसँग अमेरिकामा बस्छिन् । श्वेताको विवाह सन् २००७ मा भएको हो । उनी प्राय आफ्नो भाइसँग भएको संवादलाई सामाजिक सन्जालमा शेयर गर्छिन् ।