हावा सररमा रोमान्टिक प्रदीप र आँचल

काठमाडौं । अंग्रेजी नयाँ बर्षको अवसर पारेर गायक धन किरण गुरुङ र गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘हावा सरर’को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक स्वयम् गुरुङको रहेको छ ।

मिलन चाम्सले निर्देशन गरेको भिडियोमा बुद्धी तामाङ, आँचल शर्मा, प्रदीप बास्तोला फिचर्ड छन् । डिजी प्रोडक्सन यूकेको प्रस्तुतिमा बनेको भिडियोमा राम केसीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, राजेन्द्र महर्जनको कलर, गिरिराज घिमिरेको सह–निर्देशन रहेको छ ।

अल्का गुरुङ निर्माता रहेको भिडियो डिजी प्रोडक्सन युकेको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।