ताराको सांगीतिक लाली ओठैमा

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ ।

गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन उदयराज पौडेलको छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपाने फिचर्ड छन् । रमेश थापाको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ । म्युजिक भिडियोको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो ।

चपली हाइटका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोमा पल र गरिमाको केमेस्ट्री छ । राजीव समरको कोरियोग्राफी भिडियोमा छ ।