मुम्बई(एजेन्सी) । बलिउडमा निर्देशक राम गोपाल वर्माले ‘सत्या’, ‘कम्पनी’, ‘सरकार’, ‘सरकार राज’ जस्ता फिल्म निर्देशन गरे । सन् १९९० देखि २००० सम्म उनकै बोलवाला कायम थियो । जोकोही ठूला स्टार उनीसँग काम गर्न चाहन्थे ।
उनी फिल्मका लागि आफैं कलाकार छनोट गर्थे । उनी केही अभिनेता र अभिनेत्री मात्र लिन्थे । एक समय उनको मनपर्ने अभिनेत्रीमा उर्मिला मातोडकर थिइन् । किनकी आफ्ना हरेक फिल्ममा उनी उर्मिलालाई नै लिन्थे ।
रामले एक फिल्ममा उर्मिलासँगै त्यो समयकी चर्चित अभिनेत्री मनीषा कोइरालालाई कास्ट गराउने योजना बनाए । राम प्रस्ताव लिएर मनीषा कहाँ पुगे र उनले फिल्ममा अभिनेताको पत्नीको भूमिका निभाउनुपर्ने प्रस्ताव राखे ।
पतिको बाहिरी युवतीसँग पनि अफेयर हुने र त्यो युवती उर्मिला हुने उनले खुलाए । रामले उर्मिलालाई ग्ल्यामर भूमिका दिएका थिए । जुन भूमिका मनीषालाई मनपरेन । यहीकारण उनले रामको फिल्म गर्न अस्वीकार गरिन् ।
उर्मिलाको कयिर सम्हाल्ने श्रेय रामगोपाललाई नै जान्छ । रामगोपालले नै उर्मिलालाई ‘रंगीला’बाट रातारात स्टार बनाएका थिए । यसपछि उनले उर्मिलालाई ‘भूत’, ‘कौन’, ‘रेस’, ‘मस्त’, ‘प्यार तुने क्या किया’ जस्ता फिल्ममा अभिनय गराए ।
उर्मिलाले रामकै फिल्ममा अभिनय गर्ने अड्डी कसेपछि उनले ठूला ठूला फिल्म उम्काइन् । जसकारण उनको करियरमा ठूलो घाटा व्यहोर्नुपर्यो ।