तिमी आउने जानेमा पुजा र आनन्द

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको युगल स्वर रहेको गीत ‘तिमी आउने जाने’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा पुजा शर्मा र मोडल आनन्द सिंहको अभिनय रहेको छ ।

गीतमा टंक बुढाथोकी शब्द, संगीत छ । सशान कँडेल निर्देशित भिडियो पर्यटकीय स्थल कालिञ्चोकको रमणीय स्थलमा छायांकन गरिएको छ ।

भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन छ । भिडियो टंक बुढाथोकीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।