अष्ट्रेलियामा कृष्ण–लीला देखाउँदै निकेश

काठमाडौं । फिल्म ‘कृष्ण–लीला’ को अष्ट्रेलिया राइट बिक्री गरिएको छ । प्रदर्शनको मिति नजिकिदै जादा सर्वत्र चर्चा र चासोमा रहेको फिल्मको राइट अष्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा निकेशका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधबार राजधानीमा हस्ताक्षर भएको हो ।

दीपक ओली निर्देशित फिल्म फस्र्टलुक पोस्टर सार्वजनिकसँगै चर्चामा रहदै आएको छ । फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठले अष्ट्रेलिया राइट महंगो रकममा बिक्रि गरिएको जानकारी दिए ।

कृष्ण जन्माष्टमीको दिन अर्थात् भदौ ३ गते प्रदर्शनमा आउने फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ,रविन्द्र झा, भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँ मुख्य भूमिकामा छन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसर रमेश तामाङ हुन् ।

लक्ष्मण सुवेदी लिखित फिल्म शिब ढकालले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।