काठमाडौं । बिरामी भएका कारण दुई महिनासम्म हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा अभिनय नगरेका कलाकार कलाकार रामचन्द्र अधिकारी (बाजी बा) अभिनयमा फर्किएका छन् । उनी ७ सय ८४ औं भागबाट पुनः ‘मेरी बास्सै’मा फर्किएका हुन् । सिरियलका अन्य कलाकारले छायांकनमा पुग्दा फूलमालाले स्वागत गर्दै दीर्घायुको कामना समेत गरेका थिए । उक्त दृश्य इपिसोडमा पनि देखिन्छ ।
सिरियलका निर्देशक दिवाकर भण्डारी (सापटी काका)का अनुसार अब नियमित रुपमा कलाकार रामचन्द्रलाई मेरी बास्सैमा देख्न सकिनेछ ।
उनले अधिकारी पुर्णरुपमा स्वस्थ भएर छायांकनमा आएको बताएका छन् । साथै निर्देशक भण्डारीले रामचन्द्र अधिकारी नभएको एपिसोडको समयमा बडाकाजीको भूमिकामा भित्रिनुभएका कलाकार मुकुन्द श्रेष्ठको पनि नियमित रुपमा अभिनय रहने जानकारी गराए । तर मातृशोकको कारण मुकुन्द श्रेष्ठ पनि केही एपिसोडमा देखिनेछैनन् ।