काठमाडौं । फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार गीत सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् । गीत एसडी योगी र अन्जु पन्तले गाएका हुन् भने सुरेन्द्र रानाको शब्द तथा एसडी योगीको संगीत छ । संगीत निर्माता रिकेश गुरुङ हुन् भने गीतको भिडियो सुरेन्द्र राईको कोरियोग्राफीमा बनेको छ । असिस्टेन्ट कोरियोग्राीमा शेखर घर्ती मगर र सुशन तामाङ छन् ।
शैलेन्द्र डी कार्कीको छायांकन रहेको फिल्म आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ । फिल्ममा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।
फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।





