परन्तप र लिजा बने मोडल हन्ट नेपाल

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन् । भण्डारी मेल र श्रेष्ठ फिमेलतर्फको शिर्ष विजेता घोषित भएका हुन् ।

दुबै विजेताले नगद ५ लाख बराबरको पुरस्कारको अलावा आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । शिर्ष विजेता भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगर र श्रेष्ठले कमर्सियल मोडलको उपाधि समेत हात पारेका थिए ।

शनिबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा भएको कार्यक्रममा मेल तर्फ प्रथम रनर अप अनुस्कृत न्यौपाने, सेकेन्ड रनर अप सुशान्त प्रजापति चुनिदा फिमेल तर्फ फष्ट रनर अप प्रियंका ओली र सेकेन्ड रनर अप खुसी बोहरा घोषित भए ।

२६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी रहेको फाइनलमा मस्ट पपुलर मनिष ओली र काया थापा, मस्ट स्टाइलिस सुशील थापा मगर र काया थापा, बेस्ट पर्सनालिटी अनुष सक्सेना र उगेश्ना तिमल्सिना, बेस्ट वाक अस्निका ठकुरी, पब्लिक च्वाइस सुशान्त प्रजापति र प्रियंका ओली, मस्ट फोटो जेनिक सुशान्त प्रजापति र कृशला संगत, बेस्ट फिजिक्स र बेस्ट फिगर सिम्रन कार्की , कमर्सियल मोडल अनुस्कृत न्यौपाने, बेस्ट कन्टेन्ट क्रिएटर सृष्टि न्यौपाने बन्न सफल भए ।

नेपालकै बृहत् र स्तरीय मानिएको यो मोडलिङ प्रतियोगितामा निर्णायकहरू माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाई सुवाल, हिमाञ्चल राज केसी, विनय जोशी, रमिला नेम्कुल, मनिष राई रहेका थिए । प्रतियोगीताको यो १० औं सिजन हो । यो सिजनको मुख्य प्रयोगक नोथिङ स्मार्ट फोन रहेकोले प्रतियोगीता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना भएको थियो ।

प्रतियोगीहरु व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षाको प्रशिक्षण सहित फाइनलमा उत्रिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।