द राइज अफ साम्राज्यमा दयाहाङ अनुबन्ध

काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता दयाहाङ राई अनुबन्ध गरेका छन् । सौगात मल्लपछि सौरभले दयाहाङलाई अनुबन्ध गराएका हुन् ।

‘हामीले हालसम्म सौगात र दयाहाङलाई फिल्ममा भित्र्याएका छौँ । यी दुई नामसँगै हामीसँग अझै सरप्राइजिङ नाम बाँकी नै छ,’ सौरभले भने, ‘हामी यो पटक हाम्रो फिल्मलाई राम्रो र प्रतिक्षित बनाउन कुनै पनि कसर बाँकी राख्ने छैनौँ ।’

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा उपन्यासकार बुद्धिसागरको कथा र पटकथा छ । फिल्मको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।

फिल्मको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।