काठमाडौं । गायक बाबुराम रम्तेलको स्वरमा तिज गीत ‘म त परे जालैमा’ सार्वजनिक भएको छ । गायक रम्तेललाई रश्मी लकाई र संगीता तिमिल्सेनाले स्वरमा साथ दिएका छन् भने शब्द, सङ्गीत मोडल, सङ्गीतकार तथा गीतकार अभी सुनारको रहेको छ ।
भिडियोमा अभी सुनार, पार्बती श्रेष्ठ, अन्जु रसाइली, नबिन्द्र भण्डारी र बाल कलाकार मैइसा भण्डारीको अभिनय रहेको छ । भिडियोका निर्देशक राहुल बराइली हुन् । रम्तेलका आइस खनाइदेउन, मेरो देश जलिरहेछ, ए है जवानी आदि गीत छन् ।





