काठमाडौं । गीतकार होम न्यौपानेको शब्द र गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘खै के भयो यो जिन्दगी’ सार्वजनिक भएको छ।
माइपोखरी म्युजिक एण्ड मिडिया प्रालिको युट्युब च्यानलबाट सार्वजनिक गीतमा जीवनका उतारचढाव, सम्बन्धमा आउने चोट, निराशा, सामाजिक यथार्थ र अन्तर्मनका अनुत्तरित प्रश्नलाई प्रस्तुत गरिएको छ। गीतको दीपक भट्टराईको संगीत तथा संगीत संयोजन छ भने अजित शाहले मिक्स्ङि तथा मास्टरिङ गरेका छन् ।
गीतको भिडियोको कन्सेप्ट र निर्देशन प्रदीपमान श्रेष्ठले गरेका छन् । भिडियो एआई प्रविधिबाट निर्माण गरिएको छ । हिलिम प्रोडक्सनले एआई एसिस्ट प्रोडक्सनको काम गरेको छ ।








