चंगुलले कसलाई देख्यो दुश्मन ?

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुने फिल्म चंगुलको राष्ट्रिय भावको गीत ‘हार्नेछन् देशका दुस्मन’ सार्वजनिक भएको छ । गीतमा शब्द नायक रवि कार्कीको रहेको छ भने संगीत बिपिन आचार्यले दिएका छन् । गीतमा विश्व नेपालीको स्वर छ । गीतले देश परिवर्तन गर्ने हुटहुटी बोकेको एक व्यक्तिले निस्वार्थ रुपमा अघि बढे के के गर्न सक्छ भन्ने देखाउन खोजेको छ ।

मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना र बालकलाकार रिम्शा कार्कीको अभिनय छ ।

फिल्मका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत, देव महर्जनले द्वन्द्व, दीपेन बस्न्यातको छायांकन तथा सम्पादन छ । फिल्मको नाफाको केहि हिस्सा घाइते जेन्जी नेपाललाई दिने तथा बाढिपिडित सहयोगार्थ पनि छुट्याउने घोषणा यसअघि फिल्मले गरिसकेको छ ।