काठमाडौं । मौसम खुलेसँगै फिल्म ‘बाः एक योद्धा’को अकुपेन्सीको ग्राफ उकालो लागेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले राम्रो प्रतिकृया पाए पनि लगातारको वर्षाका कारण उत्साहजनक संख्यामा दर्शकको साथ पाउन सकेको थिएन ।
तर, आइतबार दिउँसोबाट मौसम सफा हुँदै गएपछि दर्शकको उत्साहजनम साथ पाउन थालेको छ । आइतबार मध्याह्नपछिका अधिकांश शोमा औसतमा ८० प्रतिशतभन्दा माथि अकुपेन्सी छ । सोमबार पनि यो संख्या उस्तै छ ।
फिल्मका निर्देशक हरि लम्सालले अधिकांश दर्शकले फिल्मले इमोसनल बनाएको, रुवाएको र आफ्नो, आफन्त र छिमेकीको अथवा देखेरभोगेकै कथा उठान गरेकाले कनेक्ट भएको बताइरहेको जानकारी दिए ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।








