यी हुन् यमन ग्लोबल म्यूजिक अवार्ड विजेता

काठमाडौं । नेपाली गीतसंगीत, फिल्म, कला, साहित्य तथा पत्रकारिता क्षेत्रका स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’ प्रदान गरिएको छ । यमन इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमाहलमा आयोजित कार्यक्रममा विभिन्न विधाका स्रष्टा तथा कलाकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुश्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुश्मा गुरुङ विशेष अतिथिका रूपमा सहभागी थिइन् । कार्यक्रममा गायिका तारा थापालाई ‘दीर्घसाधना सम्मान’ र महाकाव्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’ प्रदान गरिएको थियो ।

कार्यक्रममा गीतकार अम्बिका गुरुङ, गायिका मिलन नेवार, राजनराज सिवाकोटी, फुर्बा खाण्डु गुरुङ, प्रेमचन्द्र गुरुङ, रिकि लेप्चा, सविना भण्डारी, खिमानन्द आचार्य, शीतल कात्मविनी, शिव पराजुली, सुशील नेपाल, तुलसी बास्कोटा, शर्मिला गौतम र सोमराज तामाङलगायतलाई विशेष सम्मान र पत्रकारिता क्षेत्रतर्फ स्वतिका पन्थीलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा पल शाह, प्रकाश सपुत, अर्जुन पोख्रेल, शिव परियार, डिपी खनाल, हरि सायमी, शंकर थापा ‘स्माइल’, छविन गुरुङ, प्रताप दास, बबिना भट्टराई, सारिका घिमिरे, सरोज पोख्रेल, रोकश दाहाल, सिमरन परियार, ईश्वरी बराल, नकुल कार्की, शुक्र आम्बुराङ राई, सुन्दर हाङ राई, रश्मि पाण्डे, नरहरि प्रेमी, निशा देशार, रचना रिमाल, षडष सम्बाहाम्फे, शेरु बराइली, बुद्धिमान बराइली, विनोद दनुवार, सुशील भट्टराई, मञ्जु लावती, शक्ति थामी, राजु हाङदम्बे, प्रकाश खरेललगायतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै संगीता भण्डारी, सुनिता बुर्लाकोटी लुइँटेल, अनिश योञ्जन, सञ्जीव वाइवा, विजय दोङ, मुकेश गुरुङ, पासाङ शेर्पा, ज्ञानेन्द्र शर्मा हुमागाईं, सुनिल राउत, निर्देशक अर्जुन पोख्रेल, निशान एसके, विनोद बम, सुशील डागी, शिला गजुरेल, पवित्रा आचार्य, बबिना किराती, प्रशान्त सिवाकोटी, डम्बर नेपाली, जुरी ठाकुर र सोम मङराती तथा ई–हिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौड्याललाई पत्रकारिता अवार्ड प्रदान गरिएको थियो ।

यसैगरी तालवादनतर्फ भुवन गन्धर्व र बाँसुरीवादनतर्फ रत्न विकलाई अवार्ड प्रदान गरिएको थियो । अवार्डका संयोजक तारावीर पाण्डेले गीतसंगीत क्षेत्रका स्रष्टा तथा सर्जकको योगदानलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको बताए । अवार्डका अध्यक्ष पारिजात बरालले आगामी दिनमा कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताइन् ।

कार्यक्रम सिक्किमका गायक छविन गुरुङको नयाँ गीत ‘आमा’ पनि सार्वजनिक गरिएको थियो । गीतमा छविन गुरुङकै शब्द तथा संगीत रहेको छ । तारावीर पाण्डेको निर्देशनमा तयार भएको गीतको भिडियोमा छविन गुरुङसँगै कविता आले, पवित्रा आचार्य, प्रेमचन्द्र गुरुङ र बाल कलाकारहरु एलेक्स खड्का र संयम कटवालले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोको दृश्य सम्पादन तथा कलर राकेश दाहालले गरेका हुन् ।