प्रसारणमा आयो लोक दोहोरी च्याम्पियन

काठमाडौं । मौलिक सांगीतिक परम्परालाई नयाँ पुस्ताको स्वरसँग जोड्दै नेपाली लोकदोहोरी क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित पारिवारिक रियालिटी शो ‘लोक दोहोरी च्याम्पियन’ प्रसारणमा आएको छ।

रगोन स्टुडियो प्रालिको ब्यानरमा निर्माण भइरहेको शो इमेज टेलिभिजनबाट गत असोज १७ गतेदेखि राति ९ बजे प्रसारणमा आएको हो। कार्यक्रम हरेक शनिबार र आइतबार राति ९ बजे देखी १०ः ३० बजेसम्म प्रसारण हुनेछ ।

गाउँका चौतारीदेखि शहरका रंगमञ्चसम्म फैलिएको लोकदोहोरीको मौलिक स्वादलाई आधुनिक पुस्ताको प्रस्तुति र ऊर्जासँग जोड्दै कार्यक्रमले नयाँ पुस्ताका गायक–गायिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिइने आयोजकले जनाएका छन् ।

शोको निर्देशन माधवराज खरेलले गरेका छन्। शोको निर्णायकमा पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन् । कार्यक्रमको सञ्चालन दिनेश काफ्ले र इप्सल सञ्ज्यालले गरिरहेका छन्।

शोको डिजिटल पार्टनर म्युजिक नेपाल रहेको छ भने भोटिङ पार्टनर खल्ती बाइ आईएमई रहेको छ। त्यस्तै, हस्पिटालिटी पार्टनर प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल, फर्निचर पार्टनर गुण फर्निचर, स्कुल पार्टनर नेरिक एकेडेमी, स्टुडियो पार्टनर जिनो स्टुडियो तथा ब्यान्ड पार्टनर हाम्रो मौलिक ब्याण्ड रहेका छन्।