तस्वीरमा अमेरिकन बाबु मेड इन नेपालको न्यूर्योक प्रिमियर

काठमाडौं । विदेशमा बस्ने नेपालीहरूको कथामा आधारित फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’को अमेरिकाको न्यूर्योकमा प्रिमियर गरिएको छ । न्युयोर्कमा नेपाली फिल्मको पहिलो पटक रेड कार्पेट प्रिमियरसहित दुइ शो हाउसफुल भएको थियो ।

प्रिमियर शोमा कलाकार तथा प्राविधिकलाई कार्यक्रममा ल्याउनका लागि विशेष प्रकारको ठुलो लिमो कारको व्यवस्था गरिएको थियो । फिल्मका निर्देशक इश्वर थापाले रेडकार्पेटमा दर्शक तथा आगन्तुक पाहुनालाइ स्वागत गरेका थिए । प्रिमियरमा विशेष अतिथिका रुपमा निम्त्याइएका नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्रीले फिल्मले अमेरिकामा रहेका नेपालीहरुको यथार्थ चित्रण गरेको टिप्पणी गरे ।

फिल्म अमेरिकामा बस्ने नेपालीहरूले भोगेका बास्तबिक गतिबिधिहरूलाई कथामा समेटेर बनाईएको छ । अमेरिका लगायत बिदेशमा बस्ने नेपालीहरूको बास्तबिकतामा आधारित भएकोले न्यूयोर्कमा भएको पहिलो प्रिमियर शो मा दर्शकहरूले फिल्म प्रति सन्तुष्ट भै उत्कृष्ठ भएको प्रतिकृया दिएका छन् । यस फिल्ममा प्रायः अमेरिकामै बसोबास गरिरहेका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्ममा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा,प्रियंका एर पुष्कर बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने पटकथा संबाद लेखन क्यानडा निवासी सुरेन्द्र नकर्मिले गरेका छन् । क्यानाडा वासी इश्वर थापा ले सम्पादन तथा निर्देशन गरेका छन् ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि. का लागि चलचित्रको निर्मातामा राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेती रहेका छन् । चलचित्रका गीतमा ओम कर्माचार्य र बाबु बोगटीको संगीत रहेको छ । त्यसैगरी जगदिश समाल मगर, बाबु बोगटी, अन्जना गुरूंग, सविता स्रेष्ठ र मिलन अमात्यको स्वर रहेको छ । डाईरेक्टर अफ सिनेमाटोग्राफिमा शम्भु मोक्तान रहेका छन् । यो फिल्म नेपालमा तीन महिनापछि रिलिज हुने बताइएको छ ।