लोकसभा चुनावमा प्रकाश राज उम्मेद्वार

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता प्रकाश राजले मंगलबार आफू राजनीतिमा आउने औपचारिक घोषणा गरेका छन् । उनले आफ्नो घोषणासँगै सन् २०१९ मा हुने लोकसभा चुनावमा निर्दलीय उम्मेद्वारका रुपमा लड्ने बताएका छन् । राष्ट्रिय पुरस्कार विजेता अभिनेताले ट्वीटरमा यो कुराको घोषणा गरेका हुन् ।

‘सबैजनालाई नयाँवर्षको शुभकामना । नयाँ शुरुवात र जिम्मेवारी । तपाईको समर्थनबाट म आगामी लोकसभा चुनावमा निर्दलीय उम्मेद्वारको रूपमा लड्दैछु । संसदीय क्षेत्रको सम्बन्धी जानकारी चाँडै नै दिनेछु । संसदमा अबको पालो जनताको सरकार’, उनले ट्वीटेका छन् । प्रकाशले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेकै कारण आफूले बलिउडमा अभिनय गर्ने मौका गुमाएको बताए ।