बसन्त सम्झँदै समिक्षाको वनमा काफल

काठमाडौं । भाइरल गायिकाका रुपमा परिचित गायिका समिक्षा अधिकारीको दोस्रो गीत ‘वनमा काफल पाक्यो’ सार्वजनिक भएको छ । फिल्म ‘नाइँ नभन्नु ल ५’ को ‘बालापनको उमेर’ बोलको गीत गाएपछि चर्चामा समिक्षाको नयाँ गीतमा बसन्त सापकोटाको संगीत छ ।

समिक्षालाई संगीतकार सापकोटाले नै काठमाडौं ल्याएर दोस्रो गीत रेकर्ड गराएका थिए । गीतका गीतकार दिनेश थपलियाको शब्द छ ।

गीतको म्युजिक भिडियोलाई गायक तथा भिडियो निर्देशक सरोज ओलीले निर्देशन गरेका छन् । गीतले रोजगारीको सिलसिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरूको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् ।