लण्डनमा सम्हालिँदै पुजाको मन

काठमाडौं । लण्डन र नेपालमा छायांकन गर्ने निर्णय लिँदै फिल्म ‘सम्हालिन्छ कहिले मन’ को घोषणा गरिएको छ । निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्ने त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा पुजा शर्मा, नायक आकाश श्रेष्ठ र नवनायक सोनम तोप्देनको मुख्य भुमिका हुनेछ । फिल्मका लागि गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यको पनि अभिनय हुनेछ ।

फिल्ममा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा रहनेछ । कार्यक्रममा फिल्मका निर्देशक थापाले फरक प्रेमकथामा फिल्म निर्माण हुने बताए ।

नायिका पुजाले दर्शकले अघिल्लो फिल्ममा भन्दा बेग्लै भुमिकामा पुजालाई फिल्ममा देख्ने बताइन् ।  अमित बस्नेतले निर्माण गर्ने फिल्ममा परी राना र अजितकुमार थापा सह–निर्माता छन् भने फिल्मका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।