केजीएफ सिक्वेलमा सञ्जय दत्त

मुम्बई(एजेन्सी) । गत डिसेम्बरको अन्त्यमा रिलिज भएको यश अभिनित कन्नड फिल्म ‘केजीएफ’को पहिलो भर्सनले बक्स अफिसमा तहल्का नै मच्चायो । यो फिल्मको हिन्दी भर्सन पनि डब गरेर रिलिज गरिएको थियो । थोरै स्क्रिनमा रिलिज भएर पनि फिल्मको हिन्दी भर्सनको कमाई उल्लेखनीय रह्यो ।

समाचार अनुसार प्रशान्त नील निर्देशित फिल्मको दोस्रो भाग पनि बनाउने तयारी भइरहेको छ । फिल्मको दोसे भागका लागि अभिनेता सञ्जय दत्तले प्रमुख भूमिका निभाउने चर्चा बलिउडमा अहिले गर्माएको छ ।

फिल्म निर्माताले सञ्जयको विषयमा फिल्म युनिट भित्र छलफल सुरु गरिसकेका छन् । उनीहरु चाँडै नै सञ्जयसँग भेटेर यो विषयमा कुराकानी गर्ने तयारीमा छन् । फिल्म निर्माताले सञ्जयलाई खेलाउन सकिएमा हिन्दी भर्सनको व्यापारमा थप कीर्तिमान बनाउने विश्वास लिएका छन् ।