सल्ला धुपैलेमा गणेश र विष्णुमाया

काठमाडौं । कौडा किङ सर्जक तथा गायक गणेश गुरुङको आफ्नो पुरानो मौलीक ‘सल्ला धुपैले’ बोलको लोक तथा दोहोरी गीतलाई पुनः सार्वजनिक भएको छ । ‘सल्ला धुपैले’मा कौडाकिङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका बिष्णुमाया गुरुङको स्वरमारहेको छ ।यस गीतमा शब्द गणेश गुरुङले नै शंकलन गरेका हुन् भने, लय पनि कौडाकिङ गुरुङले नै भरेका हुन् ।

जसमा कमल सौरागको संगीत संयोजन रहेको छ ।गीतको म्युजिक भिडियोतर्फ चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा भिडियो निर्माण भएको छ ।जसमा खेम गुरुङ, बिनित गुरुङ र साथीहरुको नृत्य तथा सशक्त अभिनय रहेको छ ।

उक्त मौलीक गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।‘सल्ला धुपैले’ गीतलाई बिष्णुमाया गुरुङको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘सल्ला धुपैले’ गीत नेपाली पन झल्कने झ्याउरे भाकामा समावेश रहेको मौलीक गीत हो ।यस गीतले छोटो समयमा नै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।