पिरतीमा रोमान्टिक प्रदिप र सृष्टि

काठमाडौं । गायक गुणराज श्रेष्ठ र गायिका टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक भएको छ । गीतमा प्रदिप (द नेक्स्ट ) र सृष्टि खड्का फिचर्ड छन् । रोमान्टिक शैलीमा तयार पारिएको गीत आकर्षक बनेको छ । गीतमा बि पाण्डेको शब्द तथा सुबास भुसालको संगीत तथा उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ ।

म्युजिक भिडियोमा पवन सुस्लिङको कोरियोग्राफी छ । म्युजिक भिडियोलाई पवन सुस्लिङले नै सम्पादन तथा छायांकन गरेका हुन् । प्रदिप लामाको निर्देशन रहेको भिडियोमा सपन लम्सालले मेकअप गरेका छन् ।