काठमाडौं । नायक पुष्प खड्काले गृहजिल्ला कैलाली पुगेर सामाजिक काम गरेका छन् । उनले असाहयका लागी सहयोगी हातहरु नेपाल अर्थात सहारा घर पुगेर पचास हजार नगद सहित चाउचाउ, चिउरा लगायतका दैनिक उपभोगका सामाग्री वितरण गरेका छन् । उनले बर्दगोरिया धार्मिक, साँस्कृतिक माघी मेला तथा पर्यटन वर्ष २०२० को कार्यक्रममा पुगेको बेला त्यहाँको सहारा घरलाई सहयोग गरेको बताए ।
माघी मेलामा सहभागी भएवापत आयोजकले उपलब्ध गराएको सम्पुर्ण रकमबाट चाउचाउ, चिउरा र नगद सहयोग गरेको उनको भनाई छ । केही दिन पहिले दार्जिलिङबाट चालबाजको पहिलो सेड्युलको छायाँकन सकेर पुष्प कैलाली पुगेका थिए ।
‘अझै पनि’बाट फिल्मी अभिनयमा डेव्यु गरेका पुष्पले अहिलेसम्म ‘दर्पणछायाँ २’, ‘मंगलम’, ‘दालभात तरकारी’ र ‘मारुनी’मा अभिनय क्षमता देखाइसकेका छन् । दर्जनौं म्यूजिक भिडियोमा अभिनयसमेत गरिसकेका उनले नवल नेपालको निर्देशनमा निर्माण भएको फिल्म ‘मंगलम’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार तथा अवार्ड समेत जित्न सफल भएका थिए ।