चीनले पाकिस्तानलाई दियो अन्डरवेयर मास्क !

इस्लामाबाद(एजेन्सी) । कोरोना भाइरसको संक्रमणसँग लडिरहेको पाकिस्तानलाई उसको सदाबहार मित्र चीनले धोका दिएको त्यहाँका अधिकारीहरुले दाबी गरेका छन् । चीनले पाकिस्तानमा मेडिकल सामाग्री पठाउने प्रतिबद्धता व्यक्त गरे अनुरुप चीनले पठाएको सामान खोलेर हेर्दा पाकिस्तानका स्वास्थ्य अधिकारीहरु चकित परेका थिए । चीनले पाकिस्तानलाई एन–९५ मास्क सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सामानको प्याकेट खोलेर हेर्दा त्यहाँ अन्डरवेयरबाट बनेको मास्क देखेपछि स्वास्थ्यकर्मी चकित बनेका हुन् । यूरोपका कैयौं देशले यसअघि नै चीनले पठाएको मास्क र किट खराब भएको भन्दै चीनको आलोचना गरेका थिए । स्पेन र नेदरल्याण्डले त मेडिकल सप्लाई फिर्ता गर्ने निर्णय नै लिएका थिए ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पछिल्लो दिनमा कोरोना भाइरससँग लड्नको लागि आफूले गर्ने तयारीका विषयमा सार्वजनिक रुपमा चीनको गुणगान गाउने गर्दछन् । तर उनको यो गुणगानले उनलाई फाइदा नपुगेको पाकिस्तानी अधिकारी वृत्तमा चर्चा हुन थालेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार जब चीनबाट मेडिकल सप्लाई पाकिस्तान पुग्यो, तब मेडिकल स्टाफले त्यसलाई खोलेर हेर्दा उनीहरु त्यतिबेला छक्क परे, जतिबेला उनीहरुले अन्डरवेयरबाट बनेको मास्क देखे । सिन्धको प्रान्तीय सरकारले बिना जाँच नै यो मास्कलाई अस्पतालमा पठाएको छ ।

यसअघि चीनले मेडिकल सप्लाई पठाउनका लागि गिलगित–बाल्टिस्तानमा रहेको सीमा नाका खोल्न पाकिस्तानसँग अनुरोध गरेको थियो । चिनियाँ दुतावासले पाकिस्तानी विदेश मन्त्रालयलाई एक पत्र लेख्दै शिजियांग उइगुर स्वायत्त क्षेत्र पाकिस्तानलाई मेडिकल सप्लाई पठाउन चाहेको उल्लेख गरेको थियो । उसले चिठीमा १ लाख सामान्य मास्क, दुई हजार एन–९५ मास्क, पाँच भेन्टिलेटर र दुई हजार टेस्टिङ किट पठाउने जानकारी दिएको थियो ।