माधुरीसँग चित्रकार हुसेनको यस्तो प्रेम

मुम्बई(एजेन्सी) । प्रख्यात चित्रकार एमएफ हुसेनलाई भारतको पिकासोका रुपमा चिनिन्छ । उनको कला भारतमा मात्र होइन, विश्वभरी नै चर्चित छ । मुम्बईमा हुर्केका र बढेकाका चित्र जहिल्यै पनि विवादमा आउँछन् । बलिउडसँग हुसेनको निकै गहिरो सम्बन्ध छ । उनको मनपर्ने अभिनेत्रीमा धकधक गर्ल माधुरी दिक्षित हुन् । उनले माधुरीका साथ एक फिल्म पनि बनाएका थिए ।

सन् १९९४ मा रिलिज सुपरहिट फिल्म ‘हम आपके हे कौन’ हेरेपछि हुसेन माधुरीको सुन्दरता देखेर मोहित भएका थिए । फिल्ममा माधुरी भएकै कारण यो फिल्म ६७ पटक हेरेका थिए । फिल्म हेरेपछि हुसेनले माधुरीमाथि पेन्टिङको एउटा सिरिज नै बनाएका थिए । यो फिल्ममा माधुरी दिक्षित र सलमान खानको जोडीलाई दर्शकले निकै मनपराएका थिए । पारिवारिक प्रेमकथाको यो फिल्मले बक्सअफिसमा धमाकेदार कमाई गरेको थियो ।

माधुरीका लागि हुसेनले सन् २००० मा फिल्म ‘गजगामिनी’ बनाएका थिए । भलै यो फिल्मले बक्सअफिसमा कुनै कमाल देखाउन सकेन । विवाहपछि अभिनेत्री माधुरीले बलिउडबाट लामो ब्रेक लिएकी थिइन् । सन् २००७ मा उनले यशराज फिल्मस्को ‘आजा नचले’बाट बलिउड फर्किइन् ।