शिल्पा बनिन् दुर्गेशको दिलको राजधानी

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र मोडल दुर्गेश थापा अभिनित गीत ‘दिलको राजधानी ’ सार्वजनिक भएको छ । विन्दु परियार र विक्रम परियारको स्वर रहेको गीतमा कृष्ण कँडेलको शब्द तथा राजेश बर्देवाको एरेन्ज र संगीत छ ।

भिडियोमा रविन्द्र तितुंग लामाको समेत अभिनय छ । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।