डिग्री माइलाः एमए थर्ड क्लास मुहूर्त

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’को शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको छ ।

फिल्मको मुहुर्तमा निर्देशक गुरुङसहित फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायत कलाकार उपस्थित थिए ।

फिल्मको छायांकन आगामी शुक्रबार अर्थात् असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारबाट सुरु हुनेछ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ ।

आगामी वर्ष २०८१ को नयाँ वर्षलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।