काठमाडौं । माओत्से गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्मको टिजरले लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथा प्रस्तुत गरेको छ।
फिल्ममा दयाहाङ राई, सुनील थापा, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ र विल्सन विक्रम राईलगायतका कलाकारको अभिनय रहेको छ। फिल्मले लाहुरे जीवनबाट अवकाशपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको भावना तथा सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ।
टिजरले आफ्ना दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको नभई कहिल्यै नसुनेको र थाहा नपाइएकी बाबुको पहिलो पत्नीको नाममा भएको र उनको नाम थाहा नहुँदा परेको सकसको सेरोफेरोमा फिल्मले आफ्नो कथा प्रस्तुत गर्ने देखाएको छ ।
माओत्से गुरुङ स्वयंको कथा तथा निर्देशनमा बनेको फिल्म माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको हो।





