काठमाडौं । सौगात मल्लको अभिनय रहेको फिल्म ‘जुबा’को छायांकन पुरा भएको छ । अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मको छायांकन ९० दिनमा पूरा भएको हो ।
फिल्म सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा छायांकन गरिएको थियो । फिल्मकी निर्मात्री सजना थापा हुन् भने सहनिर्माता शेखर पाण्डे हुन् । फिल्मको कथा तथा निर्देशन प्रकाश कर्णको रहेको छ भने लेखन वर्षा पौडेलले गरेकी छन् ।
फिल्ममा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् । फिल्मको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन । पोस्ट–प्रोडक्सनको प्रगतिसँगै उपयुक्त प्रदर्शन मिति निर्धारण गरी छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।






