काठमाडौं । अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा तयार भएको फिल्म ‘१२ गाउँ २’ को ‘रेशमी रुमाल’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा विराज भट्ट र वर्षा इटानीको अभिनय छ ।
गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, डीपि खनालको शब्द र देवेन्द्र बरालको संगीत छ ।
फिल्ममा बिराज र वर्षाका अलावा समीर भट्ट, कृशु शाही, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।
यही असोज ३० गते प्रदर्शनमा आउन लागेकोफिल्ममा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
फिल्मको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।






