काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको थियो ।
गीतकार गीता अधिकारीले आफूले पहिला पनि गीत, कविता लेख्दै आएको भए पनि आफ्नो यो पहिलो तीज गीत हो भन्दै सबैको साथ सहयोग पाउँनेमा आफू आशावादी रहेको बताइन् । नेपालको पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रको नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरेलगायतकाको अभिनय रहेको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीतको भिडियो सार्वजनिक भएको हो ।
सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन÷सम्पादन रहेको छ ।
वल्र्ड कभर मिडिया प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जा रहेको छ ।