रोननको सुनन मैयामा बुगीवुगी जोडी

काठमाडौं । अन्तर्राष्ट्रिय डान्स रियालिटी शो ‘बुगीवुगी’ को नेपाल फ्रेन्चाइजमा सहभागी कलाकारद्वय सृष्टि महर्जन र रविन भुजेलको अभिनय रहेको म्युजिक भिडियो ‘सुनन् मैया’ सार्वजनिक भएको छ । रोनन सुब्बाको स्वर रहेको गीतको भिडियोमा विकास सुवेदीको निर्देशन छ । गीतमा बाबु बोगटीको शब्द र संगीत रहेको छ ।

भिडियोले काठमाडौंका घरबेटी र सडकको अवस्थालाई व्यंग्य गरेको छ । यो जोडी ‘बुगीवुगी’को उत्कृष्ट ५ बाट बाहिरिएका थिए । भिडियोमा अनिल के मानन्धरको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र रोहिया महर्जनको कोरियोग्राफी रहेको छ ।