ठमेल घन्काउँदै आदित्यनारायण

काठमाडौं । पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । नेपालमा खोजिने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा थपिने भएका छन् । केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाण्डौका संगीत प्रेमी माँझ गुन्जिने भएका छन् । जुलाईको पहिलो साता आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन ।

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् । गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ’कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए ।

आदित्यले पनि आफु नेपाल आउँन लागेकोमा खुसि व्यक्त गरेका छन् । उदितका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्वका साथ् हेर्ने गरिन्छ भने युवापुस्ता माँझ उनको क्रेज राम्रो छ । आदित्यलाई डिमाण्डकै आधारमा ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ ।

आदित्यको ताल फिल्मको जंगलमे बोले कोयल कुकू , आशिर्वादको पानि घट्ट , रामलीलाको इश्क्याउ धिस्क्याउसँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन् भने उनले धेरै कभर गीत गाएका छन् । बलिउडमा प्राय पार्श्व गायकको गीत गाउँन सक्ने मानिने आदित्यले केहि दिनमै भिडियो संदेश मार्फत सम्बोधन गर्ने समेत आयोजकले जनाएका छन् ।