लिंकनको कपालको गुच्छा लिलामीमा बिक्री

बोस्टन(एजेन्सी) । अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको गुच्छा र रगतद्वारा लिखित चिठीको लिलामी भएको छ । लिलामीमा कपाल र चिठीको लिलामी मूल्य ८१ हजार डलर लागेको थियो । चिठीमा सन् २९६५ मा भएको उनको हत्याको बारेमा लेखिएको छ ।

बोस्टनमा शनिबार सकिएको लिलाम बढाबढमा दुवै सामान विक्री भएका हुन् । यद्यपि यी सामान कसले किन्यो भन्ने केही खुलाइएको छैन । लिंकनलाई गोली लागेपछि २ इन्च लामो कपालको गुच्छा पोस्टमार्टम परीक्षणको दौरान हटाइएको थियो । त्यसपछि गुच्छालाई डाक्टर लेयमन बीचर टोडलाई हस्तान्तरण गरिएको थियो । बीचर लिंकनकी विधवा श्रीमतिकी भाई थिए । जुन समयमा लिंकनको पोेस्टमार्टम भएको थियो, त्यो समयमा बीचर त्यहाँ उपस्थित थिए । उनको कपाललाई सरकारी युद्ध विभागको चिठ्ठीमा राखिएको थियो । जसलाई जर्ज किनेरले डाक्टर बीचरलाई पठाएका थिए ।

चिठ्ठी वासिङटनमा सन् १९६५ अप्रिल १४ मा ११ बजे रात बजे पाइएको थियो । अब्राहमको हत्या पछाडि त्यो समयका युद्ध सचिव एडविन स्टानटोनको योजना थियो भन्ने गरिन्छ । इतिहासकारहरुका अनुसार स्टानटोनको अब्राहमसँग राजनीतिक र निजी मतभेद थियो । सन् १९६५ अप्रिल १४ मा राष्ट्रपति लिंकनलाई वासिङटनको फोर्ड थिएटरमा नाटक हेरिरहँदा गोली हानिएको थियो । उनको भोलिपल्ट बिहान निधन भएको थियो ।