फस्टलुकमा कैदीको पत्र

काठमाडौं । नयाँवर्षको अवसर पारेर फिल्म ‘कैदीको पत्र’ तीन फरक–फरक डिजाइनका पोस्टर सार्वजनिक गरिएको छ । सनमकुमार बैैराग निर्देशित चलचित्रको प्रदर्शन मिति भने केही समयभित्रै तय गरिने छ ।

साहित्यकार स्व. इश्वर मानन्धरको कथा ‘कैदीको पत्र’ मा आधारित फिल्मको पटकथा र संवाद निर्देशक बैरागकै हो । सन् २०१९ को जुलाइमा सुटिङ सम्पन्न भएको फिल्म स्कटल्याण्डको क्रिफ,आवरफेल्दी,केनमोर,ओवन,किलिड्ग,ग्लास्कोलगायतका स्थानमा खिचिएको हो ।

फिल्ममा बेलायती कलाकार माडिशन लाजारोश,क्यारी डुड्स,लरेन्स वेस्टवरी,फस्तासका साथमा सुवर्ण थापा,सलिना थापामगर,कुनाल बिश्व,पृथ्वीराज खत्री,चरण प्रधान,मनिष श्रेष्ठ,प्रसुना कँडेल,सुस्मिता थापा,बिभिया श्रेष्ठ,बिजया श्रेष्ठ,कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीले अभिनय गरेका छन् ।

बेलायतका लागि तत्कालीन नेपाली राजदूत दुवसु क्षेत्री समेत राजदुतकै भूमिकामा अभिनीत फिल्म कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । ३५ प्रतिशत अग्रेजी भाषामा रहेको फिल्म माया, प्रेम, पारिवारिक सम्बन्ध जस्ता सम्बेदनशील बिषयमा केन्द्रित रहेको जानकारी निर्देशक बैरागले दिएका छन् । रामेश्वर कार्कीले खिचेको फिल्मको निर्मातामा हिराल जोशी,नानी हेरा,कैलाश बिश्वकर्मा र दील घले छन् ।

निर्देशक बैरागकै गीत,कबिराज गहतराजको कोरियोग्राफी,सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विनम्र कर्माचार्य र सुरेश सेन्चुरीको संगीत रहेको फिल्म भिजन संसारको प्रस्तुतिमा बिरञ्जना इन्टरटेन्मेन्ट,महारानी इन्टरटेन्मेन्ट युके र मुभी मेकर्स क्लवले निर्माण गरेको हो । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ ।