भ्वाइसका प्रतिष्पर्धीसँग मिलनको घिन्ताङ्ग घिन्ताङ्ग मादलु

काठमाडौं । गायिका मिलन नेवार र द भ्वाइस अफ किड्स सिजन ५ का उनका टप–६ प्रतिस्पर्धीहरूको स्वरमा रहेको सन्देशमूलक गीत ‘घिन्ताङ्ग घिन्ताङ्ग मादलु’ सार्वजनिक भएको छ। दिनेशराज शिवाकोटी र राजनराज शिवाकोटीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको नै संगीत रहेको छ।

देशप्रेम, आफ्नो पहिचान र मातृभूमिप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर तयार गरिएको गीतका ‘तिमीले माटोलाई चिनेमा’ भन्ने हरफ यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले गायिका मिलन नेवारले हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई समर्थन गर्दै गीत गाएको दाबी गरेका छन् ।

तर गायिका नेवारले गीत कुनै राजनीतिक उद्देश्यका लागि नभई आफ्ना प्रतिभाशाली प्रतिस्पर्धीहरूलाई अझ निखार्ने र सकारात्मक सन्देश दिने उद्देश्यले तयार गरिएको बताएकी छन् ।