काठमाडौं । अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनले निर्माण गरेको फिल्म ‘आचार्य’ को ट्रेलर नेपालसहित विभिन्न १३ देशमा समेत ट्रेन्डिङमा परेको छ । ट्रेलर नेपालसहित यूएई, कतार, बहराइन, ओमान, कुवेत, अस्ट्रेलिया, क्यानडा, बेलायत, जापान, हङकङ, मलेसिया, दक्षिण कोरियालगायतका देशमा ट्रेन्डिङमा परेको निर्माण पक्षले जनाएको छ ।
ट्रेलर सार्वजनिक भएयता सामाजिक सञ्जालमा ‘आचार्य’को एक्सन, कथा, प्राविधिक पक्ष तथा निखिल उप्रेतीको प्रस्तुतिलाई लिएर विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्। वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली दर्शकले सामाजिक सञ्जालमार्फत ट्रेलर हेर्दै प्रतिक्रिया जनाइरहेका छन्।
निखिल उप्रेतीकै निर्देशनमा तयार भएको फिल्म यही असोज ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।








