१२ गाउँ २ टिजरमा विराज र समीर आमनेसामने

काठमाडौं । आगामी असोज ३० गते रिलिज हुने फिल्म ‘१२ गाउँ २’ को टिजर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक टिजरमा एक्सन, फाइट, अपहरण, उद्धार र बदलाको कथालाई प्राथमिकतामा राखिएको छ ।

टिजरमा अभिनेता तथा निर्देशक बिराज भट्ट र समीर भट्टलाई दमदार एक्सन अवतारमा देखाइएको छ । अभिनेता अनुपविक्रम शाहीलाई भिलेनको भूमिकामा देखाइएको छ ।

फिल्म बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको कथा तथा पटकथा सन्तोष सरकारले लेखेका हुन् भने छायांकन महेश पौडेलको रहेको छ ।

सरस्वती भट्ट निर्माता रहेको फिल्ममा समीर भट्ट, विराज भट्ट, कृशु शाही, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

फिल्मको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।