काठमाडौं। हिमालयन मुभिज प्रोडक्सन हाउसको निर्माणमा निर्माणाधीन फिल्म ‘युग’को करिब ९० प्रतिशत छायांकन सकिएको छ । करिब तीन सातासम्म देशका विभिन्न स्थानमा छायांकन गरेर निर्माण टोली काठमाडौं फर्किसकेको र बाँकी छायांकन राजधानीमै गरिने निर्माण पक्षले जनाएको छ ।
सरोज खनाल, दिक्पाल कार्की, हिमानी सुब्बा, तारा केसी, गीता अधिकारी, अभिषेक खड्का, टिना आले मगर, सुरवीर पण्डित लगायतको अभिनय रहेको फिल्मको कथावस्तुबारे केही खुलाइएको छैन ।
फिल्मका लेखक तथा निर्देशक कोमलनाथ खतिवडाले प्रतिकूल मौसमका कारण छायांकनमा केही असर परेको र मौसममा सुधार हुनासाथ बाँकी काम सम्पन्न गरिने बताए । फिल्मको मुख्य सहायक निर्देशनमा मनिष राउत रहेका छन् भने छायांकनको जिम्मेवारी मुकेश हुमागाईंले लिएका छन्।








