बाकसबाट फिल्मी अभिनयमा विक्रमको डेब्यू

काठमाडौं । निर्देशक नबिन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बाकस’मा मोडल बिक्रम बुढाथोकी जोडिएका छन् । झण्डै पाँच सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका उनले प्रमोद खरेलको २०० भन्दा बढी गीतमा सहकार्य गरेका छन । फिल्म ‘बाकस’ विक्रमका लागि डेब्यू हुनेछ ।

निर्देशक पन्तका अनुसार बाकी कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ। फिल्ममा बिपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, सुपला सापकोटा, रेखा भन्डारी, अविरल चौलागाईं, सनाज चौलागाईं र सगुन खडका अनुबन्ध भइसकेका छन्।

फिल्मको निर्माता सुजिता चौलागाईं र कार्यकारी निर्माता धीरेन्द्र पन्त ‘धिरु भाइ’ तथा सह निर्मातामा छत्रबहादुर खड्का छन् । फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको  संगीत, दीपक शर्मा र निर्देशक पन्तकै गीत तथा शब्द, किरण दाहालको द्वन्द्व, महेश पौडेलको छायांकन र निर्मल न्यौपानेको प्रोडक्सन हुनेछ ।