काठमाडौं । कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्स प्रालिको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’मा अभिनेत्री निरुता सिंह र अभिनेता विपिन कार्कीको इन्ट्री भएको छ । हाल दाङमा छायांकन भइरहेको फिल्ममा लक्ष्मण सुनारको लेखन तथा निर्देशन छ भने सञ्जिव सार्कीको लगानी छ । फिल्मका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् ।
फिल्मको छायांकनको सुरुवाती दिनमा नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको मात्र नाम सार्वजनिक भएको थियो । निर्देशक सुनारका अनुसार, निरुताले केही दिनमै छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैंपछि फिल्मको छायांकन सुरु गर्नेछन् ।
संकल्प भुजेलको छायांकन रहेको यो फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृृष्ण बम मल्ल र दिनेश ढकालको संगीत छ । प्रकाश हमाल निर्माण प्रमुख रहेको फिल्ममा करण बहादुर साउदको मुख्य सहायक निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन छ ।
यो फिल्ममा रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजरको रुपमा छन् । एनवी महर्जनको एक्सन रहेको फिल्ममा मदन सुरखेतीको सह–लेखन छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । एक महिलाका लागि सिन्दूरको महत्व कति छ भन्ने कथा प्रस्तुत गरिने फिल्मको सुटिङ सेड्युल एक महिनाको रहेको छ ।






