हरिवंश भन्छन्ः पाँच पाण्डवबाट कसैको चित्त दुखाउने काम भएको छैन

काठमाडौं । अभिनेता हरिवंश आचार्यले फिल्म ‘पाँच पाण्डव’ले आइतबार हल भिजिट गर्दै दर्शक प्रतिक्रिया लिएका छन् । उनले दर्शकले फिल्म मन पराइरहेको जानकारी दिएका छन् । उनले दर्शकले फेमिली ड्रामा सबै परिवारसहित हेर्न मिल्ने फिल्म भनेको दाबी गरे ।

उनले धर्मको नाममा कसैलाई पनि नराम्रो नदेखाइएको प्रस्ट पारे । ‘धर्मको विषयमा नराम्रो देखाउने र कसैको चित्त दुखाउने काम भएको छैन,’ हरिवंशले भने, ‘कसैको चित्त दुखाउने काम गर्न पनि हुँदैन ।’

बसन्त निरौलाले निर्देशन गरेको फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका छ । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।