मुलको पानीमा पलको छमछमी

काठमाडौँ । नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दास र गायिका भावना आचार्यको स्वरमा ‘मुलको पानी’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा पल शाह र निशा पुरीको जोडी फिचर्ड छन् । गीतमा दीपक शर्माको संगीत शब्द छ ।

गायिका भावनाको यसअघि ‘बग्ने खोला’ गीत चर्चामा आएको थियो । देबेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी पनि निर्देशकले नै गरेका छन् ।