मुम्बई(एजेन्सी) । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान फिल्ममा जहिल्यै पनि अलग–अलग लुक्सबाट दर्शकलाई सरप्राइज दिइरहन्छन् । उनी आफ्नो हरेक चरित्रलाई प्रयोग गर्छन् । उनी हरेक फिल्ममा काम गर्नु अघि आफ्नो कपाल र दाह«ी बढाउँछन् । आमिरले किन यसरी कपाल र दाह«ी पाल्छन् भन्ने कुराको रहस्य खुलेको छ ।
समाचार अनुसार हरेक फिल्ममा काम गर्नु अघि आमिर यसकारण कपाल र दाह«ी बढाउँछन् कि जसले गर्दा उनलाई चरित्रमा निभाउन सजिलो बन्छ । त्यही कारण उनी एक फिल्ममा कैयौं लुक्सलाई अपनाएर एकै फिल्ममा फरक फरक चरित्रमा आफुलाई ढाल्न सक्छन् ।
‘सीक्रेट सुपरस्टार’, ‘दंगल’ र ‘ठग्स अफ हिन्दोस्तान’मा उनले अलग अलग भुमिकाले पनि आमिर चरित्र प्रति गम्भीर छन् भन्ने देखाउँछ । उनी हरेक फिल्ममा आफ्नो लुकका लागि कडा मेहनत गर्छन् । आफ्नो अनुहारलाई अझ प्राकृतिक बनाउनका लागि आमिर कुनै पनि हेयर एक्सटेन्सनको प्रयोग गर्दैनन् ।