सागर र सरिता उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौं । चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघु फिल्म ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रियसन र स्टार वान इन्टरटेनमेन्टद्वारा आयोजित चौथो सर्ट फिल्म फेस्टिबल तथा अवार्ड समारोहमा ‘संघर्ष’ उत्कृष्ट भएको हो । अवार्ड समारोहमा सहभागी एक दर्जन भन्दा सर्ट फिल्मबाट ‘संघर्ष’ उत्कृष्ट भएको हो ।

यस्तै चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको अवार्ड फिल्म ‘संघर्ष’बाटै प्रेम पाण्डेले जितेका छन् । फिल्म ‘संघर्ष’बाटै उत्कृष्ट सम्पादकको अवार्ड शाहिल खानले हासिल गरेका छन् ।

सो प्रतियोगितामा उत्कृष्ट अभिनेताको अवार्ड सर्ट फिल्म ‘कहानी एकादेशको’बाट सागर लम्साल ‘बले’ले जितेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म ‘प्रवासीको जीवन’बाट अभिनेत्री सरिता लामिछानेले हासिल गरेकी छिन् ।

यस्तै उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड सर्ट फिल्म ‘ए हिडन लाइफ’बाट राजन खरेल प्राप्त गरे भने उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘दुर्गमण्डु’बाट माधव राज खरेलले हासिल गरे ।

सर्ट फिल्म अवार्ड २०२३ को निर्णायकमा अभिनेता आर्यन सिग्देल, अभिनेता बीरेन्द्र हमाल, अभिनेता तेज गिरी र फिल्म निर्देशक दिनेश राउत थिए ।