काठमाडौं । म्युजिकल फिल्म ‘ब्युटिफूल’ सार्वजनिक गरिएको छ । करिब ७ मिनेट लामो म्युजिकल भिडियोमा समीर आचार्य र अञ्जुली हमालको स्वर तथा समीरकै शब्द र संगीत छ । भिडियोमा सिभान्सी खड्काको अभिनय छ ।
रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोमा प्रविन भट्टको सम्पादन, अनिल मानन्धरको छायांकन र सुनिल विकको निर्देशन छ ।
फिल्मले आवरणमा सुन्दरता खोज्ने समाजको कमजोर चेतनामाथि प्रश्न उठाएको छ । मेकअप गरेर सेतो छाला देखाएर त्यही नै सुन्दरता हो भन्ने समाजप्रति औँला उठाएको म्युजिकल फिल्मले असली सुन्दरता आवरणमा नभएर व्यक्तिको सोच र कर्ममा हुने प्रस्ट पारेको छ ।








