काठमाडौँ । अभिनेता पल शाह र मलिका महतको अभिनय रहेको फिल्म ‘आ बाट आमा २’को गीत ‘अचेल किन कान्छी’ युट्युबमा ट्रेन्डिङ १ मा परेको छ । यो गीतलाई ६० लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ ।
युट्युबमा पल र मलिकालाई राजारानी भएको भन्दै कमेन्ट गरेका छन्। प्रेम कुमार लेख्छन्, ‘नेपाली फिल्म इन्डस्ट्रीका राजा–रानी पल र मलिका साँच्चिकै भन्नुपर्दा, यो जोडी एकदमै परफेक्स जोडी हो । नेपाली फिल्म क्षेत्रका लागि यो जोडी निकै राम्रो र भाग्यमानी जोडी बन्न सक्छ। निर्देशक तथा निर्माता ज्युहरूको पनि ध्यान यो जोडीमाथि जाओस्। आउँदा दिनमा पल र मलिको जोडीलाई लिएर अझ धेरै राम्रा,स्तरीय र दर्शकको मन छुने फिल्महरू हेर्न पाइयोस्।’
निर्देशक चन्द्र पन्तले दर्शकको चाहाना अनुसार नै पल र मलिकालाई फिल्ममा लिएको बताए। एक साताअघि ‘अचेल किन कान्छी’ गीत रिलिज भएको थियो। गीतमा आकाश श्रेष्ठलाई पनि देख्न सकिन्छ। एउटा सामुहिक विवाहमा पल र मलिको डान्समा आकाश खलनायक बनेको देखिन्छ। पल शाह र मलिका महतको यो पहिलो फिल्ममा सहकार्य हो।
गीतको कोरियोग्राफी गंभिर बिष्टले गरेका गरेका छन् । गीतको शब्द,संगीत बाबुल गिरीले गरेका हुन् भने गायनमा रवि ओड र गंगा सोनामको रहेको छ। गीतमा कोरस गायन शंकर सिङ ठकुरी,प्रेम राई अञ्जना खतिवडा,सुस्मिता दाहालको सुन्न सकिन्छ।
चन्द्र पन्तको कथा,पटकथा तथा निर्देशन रहेको यस फिल्ममा पल शाह, मलिका महत र बिपना थापा,रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।






