झ्यालको पर्दामा के भयो रोशन र प्रियंकालाई ?

काठमाडौं । गायिका अन्जु पन्त र गायक रोशन अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘झ्यालको पर्दा’को भिडियो भरिएको छ । गीतमा अर्जुन पोखरेलको संगीत रहेको गीतमा लोकराज अधिकारीको शब्द छ ।

भिडियोमा गायक रोशन अधिकारी र नायिका प्रियंका कार्की फिचर्ड छिन् । सार्बजनिक गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ । शिब बिकले निर्देशन गरेको भिडियोलाइ रामेश्वर कार्कीले छायांकन तथा सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

रोशन अधिकारी १२ बर्ष देखि अमेरिका बस्दै आएका छन् । २०१५ मा हिमालयन सिङ्गिङ्ग आइडलको बिजेता बनेका उनि संगीतमा पहिले देखि नै रुचि राख्दथे । उनको पारिवारिक बाताबरण पनि सांगीतिक नै रहेको छ ।